५ महिनामा सिटिजन लाइफ इन्स्योरेन्सको व्यवसाय २ अर्ब २३ करोड ९२ लाख

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो पाँच महिनासम्म २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको यो अवधिसम्म कम्पनीले प्रथम बीमा पोलिसी जारी गरेर ६२ करोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने पोलिसी नवीकरणबाट १ अर्ब ६१ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिमा ३ लाख २४ हजार ४६७ बीमा पोलिसी जारी गरेर सो व्यापार गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

चालु आवको पहिलो ५ महिना साउनदेखि मंसिर महिनासम्म कम्पनीले सबै भन्दा बढि व्यवसाय साउन महिनामा गरेको छ । कम्पनीको व्यवसाय मंसिर महिनामा सबैभन्दा राम्रो देखिएको छ ।

मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमा ७४ हजार ७७१ बीमा पोलिसी जारी गरेर ४५ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीको व्यवसाय ६०.०६ प्रतिशतले वृद्धि भएको हो । कार्तिक महिनाको तुलनामा कम्पनीको व्यवसाय मंसिर महिनामा १७.३२ प्रतिशतले बढी हो ।

कार्तिक महिनामा कम्पनीले ४२.७४ प्रतिशतले व्यापार वृद्धि गरेको थियो । सिटिजन लाइफले ४२ हजार ४३५ बीमा पोलिसी जारी गरेर २८ करोड २५ लाख प्रिमियम संकलन गरेको थियो । असोज महिनाको तुलनामा कम्पनीको व्यवसाय घटेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

असोज महिनामा सिटिजन लाइफ इन्स्योरेन्सको व्यापार १४.३० प्रतिशतले वृद्धि भएको थियो । असोजमा ६९ हजार ९३८ बीमा पोलिसी जारी गरेर १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा र नवीकरण बीमा ३५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले दुवै बीमा व्यवसाय गरेर ४९ करोड ३४ लाख प्रिमियम संकलन गरेको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । भदौ महिनाको तुलनामा असोजमा कम्पनीको व्यवसाय बढेको हो ।

भदौ महिनामा ७३ हजार ०७४ बीमा पोलिसी जारी गरेर ४३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको व्यवसाय सो महिनामा २५.५० प्रतिशतले घटेको हो । साउन र भदौ महिनामा कम्पनीको व्यापार घटेको देखिन्छ ।

साउन महिनामा ६४ हजार २४९ बीमा पोलिसी जारी गरेर ५७ करोड ९४ लाख प्रिमियम संकलन गरेको थियो । कम्पनीको व्यापारका हिसाबले साउन महिना राम्रो भएपनि असार महिनाको तुलनामा ४५.१४ प्रतिशत घटेको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स