नेशनल लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय ७ अर्ब ६२ करोड माथि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो ५ महिनासम्म ७ अर्ब ६२ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको यो अवधिसम्म कम्पनीले आर्जन गरेको बीमा शुल्कमा एक अर्ब ६१ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क हो भने ५ अर्ब ५४ करोड २६ लाख रुपैयाँ नवीकरण शुल्क हो । कम्पनीले यो अवधिसम्म १५ लाख ७९ हजार २५९ बीमा पोलिसी जारी गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

चालु आवको यो ५ महिनालाई हेर्ने हो भने नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी व्यापार मंसिर महिनामा गरेको छ भने बीमा व्यवसायको हिसाबले त्यसपछिको राम्रो महिना साउन बनेको छ । कम्पनीले मंसिरमा १ अर्ब ८६ करोड रु ८७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको हो । कम्पनीले मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमा ७० हजार ४२२ बीमा पोलिसी जारी गरेको छ ।

जीवन बीमा व्यवसाय गर्ने यो कम्पनीले कार्तिक महिनामा ५० हजार १९३ बीमा पोलिसी जारी गरेर १ अर्ब १० करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ५३ हजार ३५५ बीमा पोलिसी जारी गरेर १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले भदौ महिनामा ४२ हजार ४३१ बीमा पोलिसी जारी गरेर १ अर्ब १० करोड ९ लाख प्रिमियम संकलन गरेको थियो । साउन महिनाको तुलनामा भदौ महिनामा कम्पनीको व्यवसाय दोब्बर भएको तथ्यांकमा देखिएको छ ।

कम्पनीले प्रथम बीमा र नवीकरण बीमाम ४३ हजार ६६१ बीमा पोलिसी जारी गरेर १ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स