सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रदेश ५ मा कार्यरत कर्मचारीहरुको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रदेश ५ मा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेश स्थित बुटवलमा यहि पौष २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।

कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धी गर्ने काम नियमित रुपम गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पूर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयहरुमा अन्तरकृयात्मक प्रस्तुतिकरण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा कम्पनिका सहायक महाप्रबन्धक द्वय कविराज पौडेल तथा सुभाष दिक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । उक्त प्रस्तुतिकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

मर्जर पश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार बिस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तार लगायत ग्राहक सेवामा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीहरुलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ ।

बीमा कम्पनीहरु काठमाडौं तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । यसै क्रममा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको यो कार्य सह्रानिय देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स