सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ महिनाको बीमा व्यापार १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पाँच महिनामा १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्म १ लाख २८ हजार ३८९ बीमा पोलिसी जारी गरेर सो बीमा शुल्क आर्जन गरेका हुन् । समग्रमा चालु आवको यो अवधिमा कम्पनीको औसत व्यापार वृद्धिदर ०.२६ प्रतिशत रहेको छ ।

चालु आवको यो अवधिमा कम्पनीको सबैभन्दा बढी व्यापार कार्तिक महिनामा भएको छ । २१ हजार ३७६ बीमा पोलिसी जारी गरेर २६ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

कम्पनीको कार्तिक महिनामा २३.५१ प्रतिशतले बढेको व्यापार मंसिर महिनामा (१५.६६ प्रतिशत)ले घटेको हो । निर्जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले मंसिर महिनामा २७ हजार ३१७ बीमा पोलिसी जारी गरेर ३१ करोड ८० लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

असोजमा २८ हजार ८३५ बीमा पोलिसी जारी गरेर ३३ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । असोज महिनामा पनि कम्पनीको व्यवसाय ६.६९ प्रतिशतले घटेको हो ।

त्यस्तै निर्जीजन बीमा गरी व्यवसाय गर्ने सो कम्पनीले भदौ महिनामा २३ हजार ६७७ बीमा पोलिसी जारी गरेर ३० करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । भदौ महिनामा ३.६७ प्रतिशतले व्यापार घटेको हो ।

असार महिनाको तुलनामा साउन महिनामा कम्पनीले ३.८१ प्रतिशतले व्यवसाय वृद्धि गरेको थियो । २७ हजार १८४ बीमा पोलिसी जारी गरेर ४२ करोड ५० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स