एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स