निर्जीवन बीमा कम्पीहरूको मोटर बीमा व्यवसायमा करिब ३४ प्रतिशत, कसको हिस्सा कति ?

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले सबैभन्दा बढी व्यापार मोटर बीमाको व्यापार गरेका छन् । सातैै प्रदेशमा निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको व्यापार बढी देखिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बीमकहरूको सबै भन्दा कम व्यवसाय लघु बीमामा ( ०.२३ प्रतिशत मात्र) देखिएको छ ।

मंसिर महिामसम्म सातै वटा प्रदेशको कुल बीमा शुल्कमध्ये ३३.७३ प्रतिशत हिस्सा मोटर बीमामा रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमामा ७ लाख ३ हजार ७८५ वाट पोलिसी जारी गरेर ५ अर्ब ३१ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यसैगरी बढी बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा सम्पत्ति बीमा २४.९७ प्रतिशत रहेको छ । निर्जीवन बीमा व्यवसाय गर्ने बीकमहरूले सम्पत्तिमा बीमा २ लाख ९ हजार ६८३ वाट बीमा पोलिसी जारी गरेर ३अर्ब ९३ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

चालु आवको सोही अवधिमा बीमकहरूले सामून्द्रिक व्यवसायमा ५.५५ प्रतिशत प्रिमियम संकलन रहेको छ । बीमा कम्पनीहरूले ११ लाख १२२ पोलिसी जारी गरेर ८७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हन् ।

हवाई बीमा व्यवसायबाट ६.३४ प्रतिशत प्रिमियम संकलन भएको छ । बीमकहरूले ५० पोलिसी जारी गरेर ९९ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । इन्जिनियरिङ.तथा ठे.जो. व्यवसायबाट १२.४७ प्रतिशत प्रिमियम संकलन गरेको हो । ७ हजार ९७६ पोलिसी जारी गरेर १ अर्ब ९६ करोड ५३ लाख प्रिमियम संकलन गरेका छन् ।

बीमक कम्पनीहरूको विविध बीमा व्यवसाय ११.६३ प्रतिशत रहेको छ । बीमकहरूले ६६ हजार ८०४ बीमा पोलिसी जारी गरेर १ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

कृषि तथा बाली बीमाम बीमकहरूको व्यवसाय ५.०३ प्रतिशत देखिएको छ । बीमकहरूले ५६ हजार ५४१ वटा बीमा पोलिसी जारी गरेर ७९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

अन्य बीमाको तुलनामा लघु बीमा व्यवसायमा ०.२३ प्रतिशत मात्रै प्रिमियम संकलन भएको देखिन्छ । कम्पनीहरूले १७ हजार ४८७ पोलिसी जारी गरेर ३ करोड ६४ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

चालु आवको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ७४ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स