काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २२ रुपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक
कम्पनीले यस बीमा योजनामा ९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर तोकेको छ ।
२. सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
३. अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
४. अग्रिम भुक्तानी सावधिक बीमालेख
कम्पनीले यस योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
५. बाल अग्रिम भुक्तानी सावधिक बीमालेख
यस योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६५ रुपैयाँसम्म बोनसदर कम्पनीले तोकेको छ ।
६. बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)
कम्पनीले यस योजनामा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
७. वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता)
कम्पनीले यस योजनामा सबै अवधिमा २२ रुपैयाँ बोनसदर तोकेको छ ।
यस बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने कम्पनीले जनाएको छ।