नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४ समारोह सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ अचिभर्स अवार्ड-२०२४ सम्पन्न गरेको छ । कम्पनीले पौष २३ गते हायत रिजेन्सी काठमाडौंमा ‘उक्त समारोह भव्यता पूर्वक सम्पन्न गरेको हो ।

समारोहमा अन्तिम सम्ममा ‘एमडीआरटी-२०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्धघाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।

कार्यक्रममाकम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले एमडीआरटी वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स