हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.३७ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रहेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणले स्विकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स