काठमाडौं । देशमा सञ्चालित बीमा कम्पनीहरूको २०७८ असोज महिनासम्म ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । २०७७ असोजमा कम्पनीहरूको यस्तो शुल्क ३९ अर्ब ८६ करोड थियो ।
१ वर्षको अन्तरालमा कम्पनीहरूले ८ अर्ब १ करोड ४१ करोड रुपैयाँको बीमा शुल्क बढाएका छन् । देशमा सञ्चालित बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क २०७८ असोजको तुलनामा यो असोजमा २०.११ प्रतिशतले वृद्धि भएको छ । हाल १९ वटा जीवन र २० वटा निर्जीवन गरी २९ वटा बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन् ।
१ वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरुले २७.८८ प्रतिशतले व्यवसाय वृद्धि भएको छ । सो बीमा शुल्कमध्ये ३८ अर्ब १८ करोड ६ लाख जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय (शुल्क) हो भने ९ अर्ब ६९ करोड ३४ लाख निर्जीवन बीमा कम्पनीहरूले गरेको असोजसम्म गरेको व्यवसाय हो ।
गत आवको असोजसम्म जीवन बीमा कम्पनीहरूले ३२ अर्ब २८ करोड बीमा शुल्क आर्जन गरेका थिए भने निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ७५ करोड रुपैयाँ बीमा व्यवसाय गरेका थिए ।
बीमा कम्पनीहरूले ९ लाख ९ हजार २७७ वटा बीमा लेख जारी गरेर सो व्यवसाय गरेका हुन् । कम्पनीहरूले गत आव असोजको तुलनामा असोजमा २०.३८ प्रतिशतले (वृद्धि) गरेका छन् ।
बीमा समितिको तथ्यांकअनुसार हाल ३ करोड ४ लाख ९७ हजार ५४७ सय नेपालको जनसंख्या छ । सोमध्ये चालु आर्थिक वर्षको असोज मसान्तसम्म ८५ लाख ९४ हजार १ सय ८३ जनाले बीमा गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
समितिबाट प्राप्त तथ्यांकअनुसार गत आवको सोही अवधिमा २४.९४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । हाल बीमाको पहुँच ३.२ प्रतिशत (१० लाख ७७ हजार जना) ले वृद्धि भएको हो ।
गत आवको असोज मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १७.९७ प्रतिशतले वृद्धि भई ३९ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । २०७७ असोजमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३३ अर्ब ४४ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ६५.५९ प्रतिशतले वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्म १८ अर्ब ७ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी भएकोमा २९ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ पुगेको हो ।
चालु आवको असोज मसान्तसम्म बीमा कम्पनीहरुमा १० हजार ६ सय २५ जना कर्मचारी कार्यरत छन् । बीमा कम्पनीहरूको देशभर गरी ३ हजार ७ सय ६ वटा कार्यालय रहेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूमा २ हजार ८ सय ७ कार्यालयमा १० हजार २ सय ९५ जना कर्मचारी कार्यरत थिए ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/Monthly-Report-2078.79_Asoj.pdf”]