सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा माघ १४ गते अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३५ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस २९ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स