राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी बीमा प्राधिकरणको कारवाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई २ लाख रुपैयाँ नगद जरिवाना तिराएको छ ।  तीन कम्पनीलाई प्रतिकम्पनी नगद दुईं / दुई लाख रुपैयाँ जरिवाना गरिएको बीमा प्राधिकरणले जनाएको छ।

नेपाल बीमा प्राधिकरणको गत पुस ६ गते बसेको सञ्चालक समिति बैठकले आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई नगद जरिवाना तिराएको हो ।

प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा भेटिएको कैफिएतको बिषयमा जवाफ सोध्दा उचित उत्तर नआएको भन्दै तीन कम्पनीलाई २ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स