हिमालयन एभरेष्टले दाबी भुक्तानी लिन बोलायो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्यारेन्सले बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले बीमितलाई दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो । विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन बोलाएको हो ।

उक्त कम्पनीमा विभिन्न समयमा सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा तथा माइक्रो बीमाका दाबीहरूको निवेदन परेको र सो पश्चात् बीमित सम्पर्कमा नआएको कम्पनीले जनाएको छ ।

यसरी बीमितहरू सम्पर्कमा नआएपछि लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको भन्दै कम्पनीले दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा यथाशिघ्र सम्पर्क राख्न आग्रह गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स