काठमाडौं । नेपाल बीमा प्राधिकरणमाको उच्च पदमा बसेर जथभावी अनुमति दिई हस्ताक्षर गर्नेहरु कानुन कारवाहीमा पर्ने भएका छन । आज बसेको सार्वजनिक लेखा समितिको बैठकले नियामक नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगसहितका प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिने निकायहरुमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित निर्देशन दिएको छ ।
लेखा समितिको निर्देशनसँगै अब प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने कार्यमा संलग्न नेपाल बीमा प्राधिकरणका सञ्चालकहरु, अध्यक्षसहितका कर्मचारीहरु समेत छानविनको दायरामा पर्ने भएका छन् । प्रिमियम मूल्यमा आईपिओ जारी गर्न पहिलो पटक तत्कालिन बीमा समितिले स्वीकृत दिएपनि नेपाल धितोपत्र बोर्डले मानेको थिएन ।
धितोपत्र बोर्डले दुई वर्षसम्म अल्झाएर राख्दा पनि बीमा प्राधिकरणको जबरजस्तीका कारण प्रिमियम मूल्यमा आईपिओ जारी भएको थियो ।