लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न रोक लगाएको छ

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न रोक लगाएको छ । संसद्को सार्वजनिक लेखा समितिको आज बसेको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई आईपीओ जारी गर्न निर्देशन दिएको हो ।

आज समितिले नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई प्रिमियम आर्इपीओ निष्काशनका बिषयमा जवाफ सोधेको थियो । लेखासमितिले सोधेको जवाफमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल बीमा ऐनको दफा २९ का अनुसार प्रिमियम आईपीओ निष्काशनको लागि सौद्धान्तिक सहमती दिएको बताए ।

त्यसै गरी बोर्डको तर्फबाट उपस्थित भएका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले मापदण्ड अनुसार दिएको जवाफ अर्थसमितिलाई दिएएका छन् ।

बीमा कम्पनीहरुलाई प्रिमियममा शेयर बिक्रि गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृती दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरित देखिएको सो कार्यलाई तत्काल सच्चाउन समितिको आजको बैठकले निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स