काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको आईपीओ आज बुधबार (पुस ११ गते) बाँडफाँट हुँदैछ । आज बिहान १० बजे ताज रिसेप्सन बालुवाटार, काठमाडौंमा बाँडफाँट गर्ने समय तालिका तय भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
यसमा आवेदन दिएका १६ लाख ६० हजार २२ जनाले १० कित्ताको दरले १ करोड ६६ लाख २२० कित्ता हात पार्नेछन् । सेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा थप कित्ता सेयर अरु केही लगानीकर्ताले हात पार्नेछन्। कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला गरेको थियो ।
यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । रेटिङ एजेन्सी ईक्रा नेपालले यो आईपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ ।