निर्जीवन बीमा व्यवसायः काठमाडौंमा उच्च, तीन जिल्लामा शून्य

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म पोलिसी र बीमा शुल्कको आधारमा निर्जीवन बीमा व्यवसाय गर्ने पहिलो जिल्ला काठमाडौं बन्दा दार्चुला, रोल्पा र मुस्ताङ जिल्लामा एउटा पनि पोलिसी जारी हुन सकेको छैन । यी जिल्लामा अहिलेसम्म एउटा पनि निर्जीवन बीमा व्यवसाय सुरु नै नभएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

काठमाडौं पछि रुपन्देही, कास्की, चितवन, ललितपुर, भक्तपुर, जापान, कैलाली, मोरङ र बाँके जिल्ला बढी पोलिसी जारी गर्ने जिल्लामा परेको छ भने प्रिमियमको आधारमा रुपदेन्ही, मोरङ, कास्की, ललितपुर, मोरङ, कास्की, ललितपुर, पर्सा, चितवन, झापा, बाँके र मकवानपुर टपटेन जिलमा परेका छन् ।

रुपन्देही दोस्रो जिल्ला बन्दा पोलिसीको आधारमा कास्की तेस्रो र बीमा शुल्कको आधारमा मोरङ तेस्रो जिल्ला बनेको छ । चालु आवको पहिलो त्रैमासमा काठमाडौंमा १ लाख ९९ हजार ५२९ वटा बीमा पोलिसी जारी भएको छ भने ५ अर्ब ७६ करोड १२ लाख ८० हजार रुपैयाँ प्रिमियम संकलन भएको छ ।

त्यसैगरी निजीवन बीमा बिजनेश गर्ने दोस्रो जिल्ला रुपन्देही बनेको छ । ४४ हजार ८०० वटा बीमा पोलिसी जारी भएर ४ करोड १६ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ । निर्जीवन बीमा पोलिसी जारी गर्ने तेस्रो नम्बरमा कास्की रहेको छ । चालु आवको असोज महिनासम्मा कास्की जिल्लाबाट ३९ हजार वटा बीमा पोलिसी जारी भएको छ ।

बीमा बिजनेश टपटेन जिल्लाको चौथो नम्बरमा चितवनमा ३० हजार १४१ वटा, ललितपुरमा २८ हजार ९२३ वटा, भक्तपुरमा २७ हजार ६४ वटा, झापामा २५ हजार ६७ वटा, कैलालीमा २४ हजार ४५८ वटा, मोरङमा २३ हजार ८३४ वटा र बाँकेमा २२ हजार ९१ वटा निजीवन बीमा पोलिसी जारी गरेका छन् ।

त्यस्तै निजीवन बीमा पोलिसी जारी गर्ने रसुवामा १२ वटा, मुस्ताङमा १९ वटा, बैतडीमा २९ वटा, डोल्पामा ३८ वटा, हुम्लामा ५१ वटा, रुपुम पश्चिममा ८१ वटा र बझाङ जिल्लामा ८३ वटा बीमा पोलिसी जारी भएको नेपाल बीमा प्राधिकरणकले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

निर्जीवन बीमा प्रिमियमको आधारमा टपटेन जिल्लाहरू

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका आधरमा बढी बिजनेश गर्ने दोस्रो जिल्ला रुपन्देही रहेको छ । रुपन्देहीमा ४करोड १६ लाख ५५ हजार पैयाँ प्रिमियम संकलन गरेका छन् । तेस्रो नम्बरमा मोरङ परेको छ । २३ हजार ८३४ वटा बीमा पोलिसी जारी गरेर ४ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

कास्की चौथो नम्बरमा रहेको छ । ३९ हजार वटा पोलिसी जारी गरेर तेस्रो नम्बरमा रहेको कास्कीमा ३ करोड ४५ लाख ६१ हजार रुपैयाँ प्रमियम संकलन भएको छ । समीक्षा अवधिमा ललितपुर जिल्लाबाट निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ३८ लाख २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै पर्सामा ३ करोड ३० लाख ६१ हजार, चितवानमा ३ करोड १५ लाख ५० हजार, झापामा २ करोड १० लाख , बाँके जिल्लामा २ करोड २७ लाख ७२ हजार र मकवानपुर जिल्लामा २ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा अन्य जिल्लाको तुलनमा सबै भन्दा कम रसुवामा १ लाख, डोल्पामा १ लाख १९, मुस्ताङमा १ लाख ९० हजार, बैतडीमा ३ लाख १० हजार, हुम्लामा ४ लाख १० हजार, पूर्वी रुकुम ४ लाख ३० हजार र मुगुमा पनि ८ लाख ७० हजार रुपैयाँ कुल निजीवन बीमा शुल्क संकलन भएको तथ्यांकमा देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स