काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १.२९ गुणबढी आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १.२९ गुणबढी आवेदन परेको हो । कम्पनीको आईपीओमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने भने निश्चित भएको छ ।
कम्पनीले मंसिर २७ गतेदेखि आज पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको थियो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३० लाख कित्ता सेयर जारी भएर पनि बाडफाँट गरिसकेको छ ।
बाँकी २ करोड ७० लाख कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो ।कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ ।