काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
साविक प्रभुसँग नेप्सेमा सूचीकरण नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर अब नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा सेयर कारोबार हुन लागेको हो । दुई कम्पनीले १ बराबर १ को सेयर स्वाप रेसियोको आधारमा मर्ज भएर कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मर्जरपछि ‘पीएमएलआई’ संकेतमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यसको सेयर कारोबार ५८७ रुपैयाँ खुला हुनेछ । नेप्सेको आजको निर्णयबाट प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको सेयर कारोबार फुकुवा गरिएको हो।