हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज पुस २ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको थियो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३० लाख कित्ता सेयर जारी भएर पनि बाडफाँट गरिसकेको छ ।

बाँकी २ करोड ७० लाख कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो ।कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स