काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । इन्स्योरेन्सको संस्थापक सेयरको लक इन अवधि २०८० पुस ९ गतेदेखि खुला हुने भएको छ ।
कम्पनीले संस्थापक र कर्मचारीको गरि कुल ३ करोड ३ लाख ५६ हजार १ सय ६ कित्ता सेयरको लक इन अवधिको पुस ९ गते समाप्त हुने हुने भएकाले सेयर खुला हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार संस्थापकतर्फको कुल ३ करोड ६३ लाख ७२ हजार कित्ता मध्ये ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयरको लक् इन अवधि समाप्त हुने छ । त्यस्तै कर्मचारीतर्फको कुल ३ लाख २८ हजार ९ सय ९८ कित्ता सेयर मध्ये २ लाख ५५ हजार ३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुने छ ।
नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण ९कर्मचारी०को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो ।