कम जोखिमको रेटिङ पाएको हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको हो । यस रेटिङ कम्पनी इक्राले हिमालयन रिमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गरेको छ ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको थियो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३० लाख कित्ता सेयर जारी भएर पनि बाडफाँट समेत भैसकेको छ ।

बाँकी २ करोड ७० लाख कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन आरम्भ भएको हो ।कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा अदालतबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि निष्काशन गरेको आईपीओमा रेकर्ड तोड आवेदन परेको थियो । जसमा हालसम्मकै उच्च ३४ हजार २११ जनाले आवेदन दिएका थिए ।

हिमालयन रिइन्स्योरेन्सको सेयर निष्काशनको जिम्मा एनएमबि क्यापिटलले पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स