हिमालयन रिको प्रिमियम आईपीओलाई सर्वोच्चको ‘क्लिन’ चिट

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रिमियम आईपीओलाई अदालतले ‘क्लिन’ चिट दिएको छ । सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियममा जारी हुन लागेको आईपीओलाई अनुमोदन गरिदिएको हो ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरोधमा दायर रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।

हिमालयन रिको प्रिमियम आईपीओ रोकिपाउँ भन्दै सर्वोच्च अदालत पाटन अदालतमा अधिवक्ता भीमसेन रायमाझी र यम प्रसाद भट्टराईले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निष्कासन गर्दैछ ।सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स