पहिलो पटक बीमा नीति जारी, बीमा क्षेत्र व्यवसाय प्रवर्द्धन गर्न सहज

काठमाडौं । नेपाल सरकारले पहिला पटक राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा नीति २०८० पारित गरेपछि नीति कार्यान्वयनमा आएको हो । नीति पारित भएसँगै बीमा व्यवसाय प्रवर्द्धन गर्न मार्गदर्शन भएका बताइएका छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागी बीमा नीति जारी गरिने घोषणा गरेको थियो। बीमा नीति जारी भएसँगै बीमा क्षेत्रमा काम गर्न सजिलो हुनेछ । राष्ट्रिय बीमा नीति २०८० मा बीमा सेवामार्फत गरिबी न्यूनीकरण गर्ने र बीमाको पहुँच वृद्धि गरी आम सर्वसाधारणको जोखिम रक्षावरण बीमाको माध्यमबाट गर्ने उल्लेख गरिएको छ ।

बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकार अन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी नेपाल सरकारसमक्ष सिफारिश गर्ने प्रावधान अनुसार प्राधिकरणले नीतिको मस्यौदा तयार पारेको थियो।

नेपामला अहिले पनि दुई खालको बीमा सेवा रहेको छ । एउटा कोर बीमा र अर्को सामाजिक सेवा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल आएदेखि नै बीमा नीति जारी गराउन पहल गर्दै आएका थिए ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति २०८० मन्त्रिपरिषदबाट पारित भएको जानकारी आएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स