काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।
कम्पनकिो आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएको क्यापिटलले जनाएको छ । जस मध्ये ८ जनाको आवेदन रद्द भएको छ भने योग्य रहेका ३२ हजार ५६ जना आवेदकलाई सेयर बाँडफाँट गरिएको छ । जसमा लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।
क्यापिटलका अनुसार १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिमकै सेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिनेले पनि समान १७० कित्ता सेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिने ६ हजार ९ सय ३४ जना आवेदन मध्येबाट गोलाप्रथा गरि २ हजार ६ सय ५१ जनाले थप १० कित्ता सेयर पाएका छन् । यसरी २ हजार ६ सय ५१ जनाले १८० कितात सेयर पाएका छन् ।
कम्पनीले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो । यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ ।