निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क पौने १३ अर्ब, कुन कम्पनीको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्षको कात्तिक महिनासम्म कुल १२ अर्ब ७४ करोड ७१ लाख बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको कार्तिक महिनासम्म गरेको व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा साढे ४ प्रतिशतले कम हो ।

निर्जिवन बीमा कम्पनीहरूले चालु आवको यो समीक्षा अवधिभित्र ८ लाख ९४ हजार ५२४ बीमा पोलिसी बिक्री गरेर छन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले ९ लाख १९ हजार १३८ वटा बीमा पोलिसी जारी गरेको राष्ट्रिय बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कार्तिक महिनामा मात्रै २ अर्ब २९ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । कार्तिक महिनामात्रै २ लाख १० हजार ८८ वटा बीमा पोलिसी जारी गरेका छन् ।

नेपाल इन्स्योरेन्सले कार्तिक महिनमामात्रै कुल संख्या १४ हजार ३७६ बीमा लेख जारी गरेर १२ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कार्तिक महिनासम्म ४९ करोड ६१ लाख प्रिमियम संकलन गरेको छ भने उसले ५८ हजार ९८१ वटा बीमा लेख जारी गरेको छ ।

दि. ओरिएन्टल इन्स्योरेन्सको कार्तिक महिनामको बीमाशुल्क ६ करोड ३९ लाख रुपैयाँ रहेकोे छ । कम्पनीको बीमा संख्या सोही अवधिमा २ हजार ८६७ रहेको छ । कम्पनीको यस्तो प्रिमियम शुल्क कार्तिक महिनासम्म ५८ करोड ९९ लाख रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको कार्तिक महिनामा १८ हजार ७७० पोलिसी जारी गरेर ३ करोड ६ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको कार्तिक महिनासम्म कुल ५८ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क रहेको छ ।
नेशनल इन्स्योरेन्सको कात्तिक महिनाको बीमाशुल्का ५ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको समीक्षा अवधिमा २ हजार १४० वटा बीमा पोलिसी जारी गरेर उक्त शुल्क आर्जन गरेको हो । नेशनल इन्स्योरेन्सको कार्तिक महिनासम्म ४३ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रभु इन्स्योरेन्सको कार्तिक महिनामा मात्रै कुल १४ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्सले १९ हजार ९५६ वटा बीमा पोलिसी जारी गरेर २३ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो कम्पनीको चालु आर्थिक कार्तिक महिनासम्म १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ प्रिमियम शुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्सको बीमाशुल्क १६ करोड ७ लाख, हिमालयन एभेरेष्ट इन्स्योरेन्सको १८ करोड ५३ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ११ करोड ७३ लाख सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २६ करोड ८२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८ करोड ७६ लाख, आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सको २३ करोड २१ लाख र युनाइटेड अजोड इन्स्योरेन्सको १६ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

लघु बीमा कम्पनी दुई वटाले पनि आफ्नो मासिक तथ्यांक सार्वजनिक गरेका छन् । नेपाल माईक्रो इन्स्योरेन्सको जम्मा संख्या १ हजार ७३८ वटा बीमा पोलिसी जारी गरेर ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सको ९४० पोलिसी जारी गरेर ४५ लाख रुपैयाँ प्रिमियम शुल्क आर्जन गरेकोे छ । प्रभु इन्स्योरेन्सको कात्तिक महिनासम्म कुल ७० करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कार्तिक महिनासम्म एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क ८३ करोड ६२ लाख, हिमालयन एभेरेष्ट इन्स्योरेन्सको १ अर्ब १३ करोड ३६ लाख, सानिमा जिआईसी इन्स्योरेन्सको ७१ करोड ६७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ अर्ब ३३ करोड ३८ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ अर्ब ६० करोड ५३ लाख, आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सको १ अर्ब ९ करोड ३७ लाख र युनाइटेड अजोड इन्स्योरेन्सको ८६ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स