काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रीमियम मूल्यमा निष्काशन भएको आईपीओमा अत्यधिक आवेदन परेको छ । हिमालयन रिइन्स्योरेन्सको आइपीओले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आवेदन खुलाएकोमा सर्वाधिक आवेदनको रेकर्ड हासिल गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीबाट माग भएको छ । १६ लाख ९० हजार कित्ता सेयर माग गरिएकोमा सो कित्ता सेयरको लागि आवेदन परेको हो । जसमा ३४ हजार २११ जनाले आवेदन दिएका छन् ।
उनीहरुका लागि आवेदन भर्ने म्याद मंसिर १८ सम्ममा आवेदन दिएका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि आईपीओको बिक्री खुला गरेको थियो ।
वैदेशिक रोजगगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा यो नै सर्वाधिक आवेदनको रेकर्ड हो । हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले आइपिओ निष्कासन गर्ने अनुमती पाएको थियो ।
कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको हो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुले ३० लाख कित्ता सेयर पाउने छन् । कम्पनीले आवेदनबाट आफू निकै उत्साही भएको बताएका