राष्ट्रिय बीमा संस्थानले प्राधिकरणबाट ६ शर्तसहित पायो राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमाणपत्र

काठमाडौं । साविक राष्ट्रिय बीमा संस्थानले अब राष्ट्रिय जीवन बीमा कम्पनीबाट सञ्चालन गर्न अनुमति पाएको छ । हिजो संस्थानले आइतबार नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमाणपत्र पाएको हो ।

प्राधिकरणले ६ शर्तसहित राष्ट्रिय बीमा कम्पनीबाट सञ्चालन गर्न अनुमति दिएको प्राधिकरणले जनाएको छ । बीमा ऐन २०७९ को दफा १७२ को उपदफा(३) को खण्ड (क) अनुसार नेपाल सरकार मन्त्रीपरिषदको कार्तिक १६ को निर्णय र प्राधिकरणको कार्तिक १८ गतेको १४०४ बैठकले राष्ट्रिय बीमा संस्थानलाई प्राधिकरणमा लैजान पूर्व स्वीकृती दिएको थियो । कम्पनी ऐन २०६३ को दफा १७३ बमोजिम दर्ता भएकोमा बीमा ऐन, २०७९ को दफा २८ को उपदफा (१) बमोजिम दर्ता भई जीवन बीमाको प्रमााणपत्र पाउ भनि निवेदन दिएको थियो । सोही आधारमा प्राधिकरणले ६ वटा शर्त सहित राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमाण पत्र दिएको हो ।

–प्राधिकरणले इजाजत प्राप्त गरेको ६ महिनाभित्र बीमा ऐनको दफा ३० को उपदफा (१) बमोजिम राष्ट्रिय जीवन बीमा कम्पनी लिको नानमा जीवन बीमा व्यवसाय प्रारम्भ गर्नु पर्नेछ ।

–प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १(एक) वर्ष भित्र बीमा एने, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तथा ऐनले दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोकधो विवतर प्राधिकरणमा पेश गर्ने ।

–साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरूको सम्पत्ति तथा दायित्वको बीमाङ्कीयबाट मूल्यांकन गराइ सोको प्रतिवेदन ६ महिनाभित्र प्राधिकरणमा पेश गर्ने ।

–साविक राष्ट्रिय बीमा संस्थानको आव २०६८/६९ तथा सो अघिका आवहरूका वित्तीय विवरण स्वीकृत हुँदा प्राधिकरणबाट लगाएका शर्त तथा आदेश पालना गरी ६ महिनाभित्र र साविका को संस्थान कम्पनीमा परिणत हुनु अघिसम्मका आवहरूका वित्तयि विवरणको लेखापरीक्षण गराइ सो को प्रतिवेदन प्राधिकरणमा पेश गर्ने ।

–कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमांकन, ग्राहक सेवा, प्रवद्र्धन र पुनर्बीमा सम्बन्धी कार्यविधि तथा दिग्दर्शन र सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१) बमोजिम सम्पत्ति शसद्धिकरण तथा आत.ककारी क्रियाकलापमा वित्तीय लगान निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ महिनाभित्र प्राधिकरणमा पेश गर्ने ।

–अन्य शर्त तथा अवस्थाका हकमा बीमा ऐन ्, २०७९ को दफा २९ को उपदफा (५) बमोजिम प्राधिकरणले जारी गरेको निर्देशिका तथा ताकेको अन्य शर्तहरूको समेत पालान गर्नु पर्ने ।

यस्ता छन् कम्पनीको लागि प्राधिकरणले तोकेको शर्तः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स