आइएमई लाइफ इन्स्योरेन्सको अवार्ड वितरण कार्यक्रम सम्पन्न, ७५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यलय बुटवलले लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको हो।

कम्पनीले भविष्यमा आईपर्ने जोखिम बहन गर्नुका साथै सर्वाधिक बचत गर्ने कार्य जिवन बीमा हो । ब्यक्तिको अम्दानि अनुसार बीमा गर्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख सन्चालक अधिकृत दिनेश आमात्यले जोड दिएका थिए ।

बीमा अभिकर्ताहरूको क्षमता अभिबृद्धि गर्ने समेत उद्धयेश्यले आयोजित कार्यक्रमको ईश्वर श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रममा ब्रान्च स्टार तथा राजिङ स्टार अवार्ड गरी ५ वटा विधामा ७५ जना अभिकर्तालाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको लुम्बिनी क्षेत्रका क्षेत्रिय शाखा प्रबन्धक राजेन्द्र पन्थीले जानकारी दिए ।

कार्यक्रममा बुटवल एरिया प्रमुख राजेन्द्र पन्थि र गुल्मि एरिया प्रमुख खुमलाल अर्याल को सहभागिता रहेको थियो । प्रदेश प्रमुख प्रेम तिमिल्सेनाको अध्यक्षतामा आयोजित कार्यक्रम चन्द्रैटा शाखा प्रमुख माया बस्नेतको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स