राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष समक्ष आफ्नो राजीनामा दिएका हुन् ।

सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

कम्पनीका अध्यक्षसँग कुरा नमिलेपछि बरालले राजीनामा दिएका हुन् । सरकारले २०७९ भदौ २३ गते नियुक्त भएका बराललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । उनले सीईओ पद समालेको १५ महिनामा राजिनामा दिएका हुन् ।

उनले बैकिङ तथा बीमा क्षेत्रमा साढे २ दशकभन्दा लामो अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स