काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २४.३९ प्रतिशतले बढी हो ।
गत वर्ष यसले २ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६६.६६ प्रतिशतले बढेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ३ करोड ५९ लाखबाट बढेर ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
लगानी तथा कर्जाबाट कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दावी भुक्तानी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्ष ७ करोड ४ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्स चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।
यसको रिर्टन अर्निङमा ४ करोड ३३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २०७.५३ प्रतिशतले बढी हो । सानिमा जीआईसीको बिमा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
असोजसम्म यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १२६.४३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ करोड ७४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ८० पैसा रहेको छ ।