काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोलि सोमबार मंसिर ४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ खुला गर्ने भएको छ । हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।
यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यसबेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो ।