सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सही प्लान’ बीमा पोलिसीका यस्ता छन् लाभ

काठमाडौं । सूर्य ज्योति लाइफले नेपालमै पहिलो पटक ‘सही प्लान’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजन गरी ‘सही प्लान’ नामक बीमा पोलिसी सार्वजनिक गरेको हो ।

बीमा अवधिभर तिरेको सम्पूर्ण रकम बीमित ७० वर्षको उमेर पुरा भएपछि फिर्ता पाइने कम्पनीले जनाएको छ । बीमा शुल्क तिरेको प्रिमियमको ५ गुणासम्म जोखिम बहन गर्ने नयाँ बीमा पोलिसी बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यस्तो बीमा पोलिसीको औपचारिक रुपमा शुरुवात गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन अनुसन्धानमार्फत नयाँ बीमा पोलिसी ल्याएको बताए ।

सही प्लान बीमा पोलिसीमा वार्षिक ४० हजार बीमा शुल्क तिरेर २५ लाखको जोखिम रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्ता छन् ‘सही प्लान’ बीमा पोलिसीका विशेषताहरू
क) कम प्रिमियममा बढी जोखिम रक्षावरण
सुर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी कम प्रिमियममा सर्वाधिक जोखिम बहन गर्ने नेपालकै एक मात्र बीमा पोलिसी हो । बीमा प्रिमियमको छ गुणा बढी जोखिम बहन हुने हुँदा उक्त बीमा पोलिसी कम प्रिमियम र बढि जोखिम बहन गर्न समक्ष हुनेछ ।

ख) बीमा अवधि समाप्तपछि पनि निरन्तर जोखिम बहन
सही प्लान बीमा पोलिसी बीमा अवधी समाप्त भएपछि पनि निरन्तर जोखिम बहन गरिरहने बीमा पोलिसी भएको कम्पनीले बताएको छ । यो पोलिसीमा बीमा अवधि समाप्त भएपछि पनि होल लाइफको जोखिम कभरेज हुनेछ ।

ग) बीमा प्रिमियम फिर्ता पाउने बीमा पोलिसी
सूर्यज्योति लाइफले आज सार्वजनिक गरेको सही प्लान नामक बीमा पोलिसी बीमा प्रिमियमबापतको रकम फिर्ता गर्ने एक बीमा पोलिसी हो । ७० वर्षको उमेरमा प्रिमियमवापत बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता पाइने बीमा कम्पनीले भनाइ छ ।

घ) प्रावधानहरु
१. न्यूनतम् बीमांक रकमः पाँच लाख रुपैयाँ ।
२. न्यूनतम प्रवेश उमेरः १८ वर्ष ।
३. अधिकतम प्रवेश उमेरः ६० वर्ष ।
४. अधिकतम बीमा शुल्क भुक्तानी समाप्त उमेरः ६५ वर्ष ।
५. न्यूनतम भुक्तानी अवधिः ५ वर्ष ।
६. बीमा शुल्क भुक्तानी तरिकाः
वार्षिक/अधवबार्षिक/त्रैमासिक

ङ) अतिरिक्त सुविधाहरूः
१. दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ ।
२. दुर्घटनाबाट पूर्ण अशक्त भएमा (अधिकतम १ करोड रुपैयाँसम्म) बाँकी अवधिको बीमा शुल्क छुट र बीमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक असक्त सुविधा ।
३. ३५ घातक रोगका विरुद्ध ५० लाखसम्मको घातक रोगको उपचार खर्च सुविधा ।
४. सहुलियत दरमा नियम अनुसार ऋण लिन पाइने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स