सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा नयाँ बीमा पोलिसी सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । शुक्रबार कम्पनीले एक कार्यक्रम आयोजना गर्दै नेपालकै पहिलो र कम प्रिमियम भएको सही प्लान नयाँ बीमा पोलिसी सार्वजनिक गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रूपमा उक्त पोलिसीको शुभारम्भ गरेका हुन् ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबालले अब परम्परागत बीमा पोलिसी बचेर बीमा बजारको विस्तार नहुने बताएका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा बजारको विकास र विस्तारका लागि नयाँ नयाँ पोलिसी ल्याउन आग्रह गरेका छन् ।

उनले बीमा पोलिसीलाई समय, आवश्यक्ता र जनमानसको माग अनुसार ल्याउन पनि कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘नेपालका बीमा कम्पनीहरु प्रोडक्ट कपी पेष्टमा मात्रै केन्द्रीत भए, रिसर्चका लागि पैसा खर्च छैन, अन्य देशको नाम सहित कै प्लान कपी गरेको छ ,उनले भने, ‘कम्पनीको पूँजी बढेको बढेकै छ त्यो अनुसार लगानी भएको छैन । अनी कसरी हुन्छ नेपालमा बीमाको पहुँच विस्तार ।’

अध्यक्ष सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । उनले सबै ठाउँ तथा व्यक्तिमाझ बीमाको पहुँच पुर्‍याउनुपर्ने बताउँदै ट्राफिक चेकिङमा बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने नीति बनाउनुपर्ने बताए ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स