शिखर इन्स्योरेन्सको नाफा ११ करोड २४ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो गत आवको तुलनामा १.३३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ११ करोड ९ लाख रूपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो ।

कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी सञ्चित छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीले उक्त अवधिसम्ममा ७५ हजार ९०४ ओटा बीमालेख जारी गरेको छ भने २२ हजार ६७६ ओटा बीमालेख नविकरण भएको बताएको छ।

कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी छ भने कुल खर्च ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी छ ।कम्पनीको विशेष सञ्चित कोषमा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रूपैयाँभन्दा बढी छ भनेअन्य इक्वीटीमा ५८ करोड ७८ लाख रूपैयाँभन्दा बढी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६.९४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १९९.२४ रुपैयाँ छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स