काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १३ करोड २ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत वर्ष यसले १२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ३५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ३७.८७ प्रतिशतले धेरै हो । गत वर्ष यसले ९७ करोड ९९ लाख आम्दानी गरेको थियो ।यसको कुल दावी भुक्तानी १ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब १४ करोड थियो ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ४९ करोड ८ लाख छ । ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) ६८ अर्ब ८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीले असोजसम्म ४ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १.७८ प्रतिशतले कम हो ।
कम्पनीले गत वर्ष ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४० पैसा छ ।प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ १२ पैसा रहेको छ ।