सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार हुँदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स