एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक २ गते सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।

कम्पनीले १० कित्ता सेयर बराबर ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स