दावी भुक्तानीमा प्रतिवद्ध सलिको

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमितको दावी भुक्तानीमा प्रतिवद्ध देखिएको छ । इन्स्यारेन्सले बीमालेख मार्फत रक्षावरण गरेको संखुवासभा जिल्ला स्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्धुत परियोजनामा कार्यरत १६ जना कामदार तथा कार्मचारीको मिति २०८० असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई रकम १ करोड ३२ लाख रुपैया भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

सगरमाथा र लुम्बिनी इन्स्यारेन्स एक आपसमा मर्ज भएर सलिको बनेको हो । सलिको बने पछि कम्पनीको व्यवसाय निर्जीवन बीमा कम्पनीमा नम्बर वान बनेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स