सिटिजन बैंकद्वारा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख ९० हजार रुपैयाँ दावी भुक्तानी भुक्तान गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानी वापत सो रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट १५ महिना पहिले १० लाख बीमांक रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका बगनासकाली १ चिर्तुङ्गधारका खिमानन्द पाण्डे ( कमल) को हृदयघातको कारण मृत्यु भए पछि दाबी भुक्तानी बापत बिमांक रकम, काजक्रीया खर्च र बोनस रकम गरि जम्मा १० लाख ९० हजार रुपैयाँको चेक रकम मृतककप् धर्म पत्नी लक्ष्मी पाण्डेलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीका पाल्पा शाखा प्रबन्धक विजय कार्की, सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेयले संयुक्त हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स