भदौ महिनमात्रै बीमा कम्पनीहरूले आर्जन गरे साढे ९ अर्ब

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले भदौ महिनामा मात्रै ९ अर्ब ५२ करोड २४ लाख बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा नवीकरण शुल्कबाट ७ अर्ब ४८ करोड ५५ करोड र प्रथम बीमा शुल्कबाट २ अर्ब ३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १४ जीवन बीमा कम्पनीहरूले प्रथम बीमाशुल्क र नवीकरणीय बीमाशुल्क गरी जम्मा ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

चालु आवको भदौ महिनासम्म जीवन बीमा कम्पनीहरूले कुल बीमा शुल्क २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ । सो बीमा शुल्कमध्ये २४ अर्ब ७९ करोड ४४ लाख नवीकरण शुल्क हो भने ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क हो ।

प्राधिकरणका यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै १६ हजार ३ सय ८२ बीमालेख जारी गरी २ अर्ब ७८ करोड बढी बीमाशुल्क आर्जन गरेको हो । लाइफ इन्स्योरेन्स कर्पाेरेशन १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरी धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा पर्दा नेशनल लाईफ र हिमालयन लाइफले क्रमशः १ अर्ब १० करोड र १ अर्ब २ करोड रुपैयाँ आर्जन गर्दै तेस्रो र चौथो स्थानमा परेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकलाई आधार मान्दा भदौमा सुर्यज्योति लाइफले ५४ करोड ५४ लाख, सिटिजन लाइफले ४३ करोड १६ लाख, मेट लाइफले ४२ करोड ८८ लाख, एशियन लाइफले ४० करोड ९ लाख र सानिमा रिलाएन्स लाइफले ३४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

रिलायबल नेपालले २९ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु महालक्ष्मीले २८ करोड ३८ लाख, सन नेपाल लाइफले २८ करोड ११ लाख, आइएमई लाईफले २३ करोड ३१ लाख र राष्ट्रिय बीमा संस्थानले २२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेका छन् ।

चालु आर्थिक बर्षको भदौ महिनासम्म सबै जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसमध्ये पनि सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै ८ अर्ब रुपैयाँ बढी आर्जन गरेको देखिएको छ ।

यसै अवधिमा दुई ओटा लघु जीवन बीमा कम्पनीहरुले १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स