नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लब सुरु, के के हुन्छ भेलामा ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको चेयरपर्सन क्लव सुरु भएको छ । सो क्लब आजदेखि राजधानीको काठमाडौंस्थित होटल हायातमा सुरु भएको हो । अध्यक्ष प्रेरणा राज्य लक्ष्मी सिंह तथा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलगायतका सञ्चालक र उच्च व्यवस्थापकहरुका बीचमा देशैभरिबाट छानिएका नेशनल लाइफका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सम्मिलत कार्यक्रम हिजोबाट सुरु भएको हो ।

चेयरपर्सन क्लब असोज ६ गते सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ । उक्त क्लबलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गौरवशाली सम्मेलनको रुपमा हेरिँदै आएको छ । उक्त कार्यक्रममा भाग लिन देशैभरिबाट छानिएका करिब ३५० जना उत्कृष्ट एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरू र उच्च व्यवस्थापकहरू सहभागी छन् ।

उक्त क्लबको लागि शनिबार तालिम तथा प्रशिक्षण प्रदान गरिएको थियो । शनिबार हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेलले मोटिभेशनल तालिम दिएका थिए भने र बीमा प्राधिकरणका हृदयश्वर पण्डितले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम दिएका थिए ।

चेयर पर्सन क्लवको मुख्य समारोह आज हुँदैछ । उत्कृष्ट एजेन्सी र अभिकर्ताहरुलाई सम्मान तथा अवार्ड वितरण कार्यक्रम रहेको छ । भोलि बिहान औपचारिक रुपमा समापन हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स