नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । बिहीबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४७५.२ रुपैयाँमा भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १५८.४१ रुपैयाँ देखि ४७५.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ४७५.२ रुपैयाँबाट कारोबार सुरु भएको हो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो ।

नेप्सेले कम्पनीलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

मंगलबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको थियो। जसमा संस्थापक समूहको २ करोड २४ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ९६ लाख कित्ता (३० प्रतिशत) रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स