नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको २ करोड २४ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ९६ लाख कित्ता (३० प्रतिशत) रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको ‘एसएनएलआई’ सिम्बलबाट कारोबार हुने छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएकोले यो कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउने छ ।

योसँगै, बिहीबारको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स