हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ निष्काशनको लागि अनुमति माग गरेको हो ।

योसँगै, बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले ३ करोड कित्ता आईपीओ ल्याउनेछ। कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गरेपछि ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

कम्पनीको हालको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ। प्रिमियममा आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ भने ३ अर्ब २४ करोड रुपैयाँ कोषमा संञित रह्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स