नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुचारु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुचारु भएको छ । आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४८६.६ रुपैयाँमा भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ४८६.६ रुपैयाँबाट कारोबार सुरु भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको RNLI सिम्बलबाट कारोबार सुरु भएको हो ।

भदौ २७ गते कम्पनीको ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स