आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ । कम्पनीले देशेभरिबाट उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरिबाट उपस्थित भएका ३ सयभन्दा भन्दा बीमा अभिकर्ता र एजेन्सी म्यानेजरहरू कम्पनीले प्रदान गरेको पुनर्ताजगी तालिम लिएर उत्साहसाथ कार्यक्षेत्रमा फर्किएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष एवम बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पुर्याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिएको बताउँदै अभिकर्ताहरुले गाउँ गाउँमा पुगेर बीमा सचेतना फैलाएर समाज सेवा र व्यवसाय गर्न हौसला प्रदान गरेका छन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आई. एमईलाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । साथै अध्यक्ष ढकालले बीमा अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएकोले आपसी कार्यक्रममा अघि बढाउने बताए ।

कार्यक्रममा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनुपर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताए ।

कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाइ व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । सीईओ फुयाँलले आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि सेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स