जीवन बीमा कम्पनीहरूले दिए करिब ८५ अर्ब कर्जा, समग्र कम्पनीको २६ प्रतिशतले ग्रोथ हुँदा रिलायबल एक्लैले गर्यो १०४ प्रतिशतले वृद्धि

काठमाडौं । गत आवमा देशमा सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरूले करिब ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । समग्र जीवन बीमा कम्पनीहरूको कर्जा प्रवाह २५.८४ प्रतिशतले ग्रोथ हुँदा रिलायबल लाइफ इन्स्यारेन्सको कर्जा प्रवाह भने १०४.६७ प्रतिशतले ग्रोथ भएको छ ।

अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीले बीमालेख धितोमा ६७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवमा वृद्धिदरका हिसावले कर्जा प्रवाहमा सबैभन्दा बढी एग्रेसिभ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

कम्पनीले गत आव १०४.६७ प्रतिशतले कर्जा वृद्धि गरेर ३० करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा जम्मा १४ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बढी कर्जा प्रवाह गर्ने दोस्रो नम्बरमा परेको सिटिजन लाइफको ७६.५५ प्रतिशतले कर्जा वृद्धि गरेर ५६ करोड ८१ लाख पुर्याएको छ । अघिल्लो आवमा कम्पनीले जम्मा ३२ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सानिमा रिलायन्स लाइफको ५१२४ प्रतिशत, आइएमई लाइफको ४१ .१७ प्रतिशत, हिमालयन लाइफको ३७ ५६ प्रतिशत कर्जा प्रवाहमा वृद्धि गरेका छन् । प्रभु महालक्ष्मी लाइफले ३५.५४ प्रतिशतले कर्जा वृद्धि गर्दा सन नेपाल लाइफले ३४.१३ प्रतिशतले कर्जा वृद्धि गरेको छ । सूर्या ज्योति लाइफले ३३.९८, नेशनल लाइफले ३३.८८प्रतिशत, मेट लाइफले ३३.६८, राष्ट्रिय बीमा संस्थानले २६.१७ प्रतिशतले कर्जा वृद्धि गरेका छन् ।

बीमाको प्रिमियम संकलनदेखि अन्य सूचकमा अगाडी रहेको नेपाल लाइफ इन्स्यारेन्सले गत आवमा १९.९२ प्रतिशतमात्रै कर्जामा वृद्धि गरेको छ भने एलआईसी नेपाल लाइफ इन्स्यारेन्सले १९.३९ प्रतिशतले कर्जा विस्तार गरेको छ । एशियन लाइफ इन्स्योरेन्सको कर्जा विस्तार भने जम्मा १९.३९ प्रतिशत रहेको छ ।

वृद्धिदरका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अगाडि परे पनि अंकका आधारमा भने नेपाल लाइफ नै कर्जा प्रवाह गर्नेको अग्र स्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीले गत आर्थिक वर्षको असार महिनासम्म ३० अर्ब ४५ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनले २१ अर्ब ७१ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले १० अर्ब ४५ करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकमा देखिएको छ ।

अंकका आधारमा र्चौथो नम्बरमा परेको हिमालयन लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ, सूर्याज्योति लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ बीमा लेख धितोमा कर्जा प्रवाह गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले २ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा मेट लाइफले १ अर्ब ५५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

गत आवसम्म प्रभु महालक्ष्मी लाइफले ८७ करोड ४३ लाख रुपैयाँ, सिटिजन लाइफले ५६ करोड रुपैयाँ, आइएमई लाइफले ५० करोड, सन नेपाल लाइफले ४६ करोड ८१ लाख र रिलायबल नेपाल लाइफले ३० करोड ३१ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

बीमा कम्पनीहरूले बीमितले आफूले बीमा बापत जम्मा गरेको रकमको समर्पण मूल्यको आधारमा बीमालेख धितोमा कर्जा पाउने गर्दछन । बीमा लेख राखेर पाइने यो कर्जा लिने अत्यन्तै सजिलो प्रक्रिया हो । बीमितले बीमा कम्पनीमा पुगेको केही बेरमै यस्तो ऋण लिनसक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स