डिजिटल क्षेत्रमा बीमा कम्पनीहरूको लगानी पुगेन, समयमै दावी भुक्तानी गर्न सक्ने कहिले बन्ने ?: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूले डिजिटल क्षेत्रमा लागनी नगरेको गुनासो गरेका छन् । यद्यपि ढिलै भएपनि आजबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गरेको यो डिजिटल प्लेटफर्म यस क्षेत्रकै लागि उदाहरणीय भएको उनले बताएका हुन् ।

‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा आयोजित डिजिटल बीमा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले भने ‘डिजिटल क्षेत्रमा बीमा कम्पनीहरूको लगानी पुगने, यो क्षेत्रमा पहुँच नपुर्याउँदा जोखिमका बेला जतिसक्दो छिटो लगानी दावी भुक्तानी हुन सकिरहेको छैन ।’

बीमा कम्पनीहरूलाई यो क्षेत्रमा लगानी गर्न भने पनि उनीहरूले चासो नदेखाउँदा लाभग्राही मर्काका परेको उनले उल्लेख गरे । ‘बिरामी हस्पिटलमा हुँदा नै दावी भुक्तानी हुनु पर्नेपर्छ,’ उनले थपे ‘अप्ठ्यारो पर्दा हुन नसकेको भुक्तानीको कुनै अर्थ लाग्दैन, त्यो नगरे समानै हुन्छ । ’

बीमा कम्पनीहरुले क्लेम सेटलमेन्ट गरेर जोखिम वापतको दाबी समयमा नै बीमितहरूलाई उपलब्ध गराउनुपर्ने अध्यक्ष सिलवालले बताएका हुन् ।

कम्पनीहरुले दाबी भुक्तानी समयमानै तिर्ने हो भने बीमाप्रतिको जनचासो वृद्धि हुने समेत औल्याए । बीमा दाबी भुक्तानीमा प्राधिरकणले आज मात्रै हैन सधै कम्पनीहरूलाई सचेत गराउँदै आएको छ । कम्पनीका सिईओहरुसँगको हरेक भेटमा दाबी भुक्तानीकै विषयलाई जोड दिएर छलफल गरेका हुन्छौं । कम्पनीहरूले यदि दावी भुक्तानीमा ढिला गरे अर्थात समयमा दावी भुक्तानी दिएनन् भने कम्पनीहरुप्रति मानिसहरूको विश्वास गुम्छ ।

प्रत्येक क्लेममा कम्पनीहरूले शंका गर्ने भन्दै उनले भने ‘पोलिसी इस्यू गर्दा कुनै शंका हुँदैन, जब दावी भुक्तानी गर्ने बेला आयो त्यतिबेला शंका उत्पन्न हुन्छ, त्यो हुँदैन ।’ सो कार्यक्रममा उनले बीमा कम्पनीहरूले निकाल्ने तथ्यांक फरक फरक पर्ने गरेको पनि उल्लेख गरे । रियलटाइम डाटा आउने सिष्टम नबन्दा यस्तो समस्या आएको हो, कम्पनीहरूले आईटी क्षेत्रमा लगानी गरेर डाटा प्रोसेसिङलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ ।
अहिले डिजिटलको युग हो, फिजिकल इन्टरफेस गर्न आवश्यक नभएको उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स