काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न बीमा कम्पनीहरूलाई ८ हकप्रद९ राइट सेयर० निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले प्राधिकरणको पुँजी वृद्धि योजना अनुसार पुँजी नपुर्याउने कम्पनीहरूलाई हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले सञ्चालक समितिको बैठकले ४ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो । प्राधिकरणले बीमा कम्पनीहरूलाई १२ प्रतिशतदेखि ४२ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।
प्राधिकरणले सबैभन्दा धेरै हकप्रद जारी गर्न एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई दिने निर्णय गरेको छ । एशियन लाइफ इन्स्योरेन्स हाल चुक्ता पुँजी ३ अर्ब १५ करोड ४३ लाख ५ सय १७ रुपैयाँ रहेको छ ।
४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।
४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँ चुक्ता पुँजी रहेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।
प्रभु महालक्ष्मी लाइफले भने १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । हाल प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणबाट युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
नेको इन्स्योरेन्स र सानिमा जीआईसीले २५/२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । हाल नेकोको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६१ हजार रुपैयाँ छ भने सानिमा जिआईसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशत हकप्रद ल्याउन अनुमती पाएको छ । हाल यो कम्पनीको चुक्ता पुजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ६ सय ६४ रुपैयाँ रहेको छ ।
प्राधिकरणले बीमा कम्पनीहरुलाई २०८० असार मसान्त भित्र जीवन बीमा कम्पनीहरुका हकमा ५ अर्ब र निर्जीबन बीमा कम्पनीहरुका हकमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।